कोलकाता: पश्चिम बंगाल विधानसभाले पोइला बैशाखलाई पश्चिम बंगाल दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘पश्चिम बंगाल दिवस पोइला वैशाखमा मात्र मनाइन्छ, चाहे राज्यपालले अनुमति दिओस् वा नदिइयोस्l’ राज्य सरकारले २० जूनको विरोध गरिरहेको छ भने भाजपा त्यही दिन पश्चिम बंगाल दिवस मनाउने कुरामा अडिग छ। २० जूनमा पश्चिम बंगाल दिवस पनि राजभवनमा मनाइयो, जसको मुख्यमन्त्रीले विरोध गरिन्। अन्ततः यो विषय विधानसभासम्म पुग्यो। बिहीबार सदनमा प्रस्ताव ल्याइयो जुन बहुमतले पारित भएको हो। सदनले सो प्रस्तावको पक्षमा १६७ सदस्यले मतदान गरेको थियो। ६२ भाजपा विधायकहरू २० जूनलाई राज्य स्थापना दिवसको रूपमा मनाउन चाहन्छन्, जुन दिन बंगाल विधानसभाले विभाजनको पक्षमा मतदान गर्यो। यी विधायकहरूले आज प्रस्तावको विपक्षमा मतदान गरे। आईएसएफका एकमात्र विधायक मतदानबाट टाढा रहे। प्रस्ताव १६७–६२ को मतले पारित भयो। यस दिनको चर्चा निकै चर्किएको थियो। मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘यस वर्ष भारत सरकारले २० जूनमा पश्चिम बंगाल दिवस मनाउन भनेको छ। यसलाई सच्याएनन् भने आगामी पुस्ताले माफ गर्दैनन्l’ भाजपाका विधायक तथा विपक्षी दलका नेता शुभेन्दु अधिकारीले राज्यपाललाई प्रस्तावमा हस्ताक्षर नगर्न आग्रह गर्ने बताएका छन्, जसको जवाफमा मुख्यमन्त्रीले भनिन्, ‘राज्यपालले हस्ताक्षर गरून् या नगरुन् हामीलाई केही फरक पर्दैनl हामी हेर्छौं कि यो निर्वाचित सरकारको शक्ति हो वा उनीहरूको शक्ति। भाजपाले राज्यपाललाई हस्ताक्षर नगर्ने कुरा उठाएकोले म यो भन्दैछुl’