सुकुना साहित्यिक-सांस्कृतिक संस्थानको रजत जयन्ती पालन गरिने

00-1-Chhetriya-Samachar

सुकुना:  सन् १९९९ को सेप्टेम्बर महीनामा स्थापित सुकुना साहित्यिक-सांस्कृतिक संस्थानको  स्थापना भएको  २४ वर्ष पूरा भएर अब २५ वर्षमा पाइला टेकेको सुखद उपलक्ष्यमा संस्थानको रजत जयन्ती कार्यक्रम वर्षव्यापी रूपमा सम्पन्न गर्ने भएको छ। ६  सेप्टेम्बरको दिन  संस्थानका अध्यक्ष सूर्यमणि शर्माको अध्यक्षतामा सम्पन्न  सुकुना साहित्यिक-सांस्कृतिक संस्थानको सभामा उक्त निर्णय लिएका हुन्। संस्थानका मूल सचिव जे.बी. बस्नेतले संस्थानको वर्षव्यापी हुने रजत जयन्ती कार्यक्रमका प्रारुपहरूबारे अवगत गराए। रजत जयन्ती समारोहका प्रत्येक कार्यक्रमहरूमा भाषा, साहित्य, संस्कृति एवं शिक्षाप्रति सचेत गराउन  विद्यार्थीहरूलाई विशेष रूपमा सहभागी गराउन प्रत्येक मासिक कार्यक्रमहरू विभिन्न विद्यालयहरूमा सम्पन्न गरिनुपर्ने अनि आगामी वर्ष रजत जयन्ती समारोहको समापनको उपलक्ष्यमा एउटा स्मारिका पनि प्रकाशित गरिनुपर्ने लगायत अन्य विविध  सुझावहरू संस्थानका मूलसचिव जे.बी. बस्नेत, साहित्यिक सचिव मेघनाथ छेत्री, संरक्षिका श्रीमती मीरा राई, उपाध्यक्ष श्रीमती अञ्जु छेत्री, सहसचिव खग गुरागाईं, सल्लाहकार ध्रुर्व छेत्री,  दुर्गा शर्मा आदिले  दिएका थिए। रजत जयन्तीको उदघाटन समारोह आगामी चौबीस सेप्टेम्बरको दिन गरिने भएको छ। यसको लागि छिट्टै अर्को सभा गरेर  उदघाटन समारोहको प्रारुप तयार गरिनेछ। सभाको प्रथम चरणमा केही दिनअघि निधन भएका सुकुना साहित्यिक-सांस्कृतिक संस्थानका संरक्षक डा. राजासिंह लिम्बुप्रति संस्थानको तर्फबाट श्रद्धाञ्जली अर्पण पनि गरेका थिए। डा. सुब्बा समाजसेवी, शिक्षाविद्  हुनाका साथै विगतमा एक विशिष्ट प्रशासनिक अधिकारीको पदमा पुग्न सक्षम भएका  हाम्रो जातिको एक गौरव पुरुष रहेको कुरो सूर्यमणि शर्मा र मेघनाथ छेत्रीले जानकारी दिँदै भाषा, साहित्य, संस्कृति, शिक्षा तथा जातिको सर्वाङ्गीण  विकासमा सधैँ चिन्तन गर्ने डा. राजासिंह लिम्बुले सुकुना साहित्यिक-सांस्कृतिक संस्थानको संरक्षक रहेर दिएका योगदानहरूको पनि स्मरण गरेका थिए।    

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement