पेनासोनिक मेड-इन-इण्डियाअन्तर्गत बटम माउण्टेड डिजाइनको साथ नयाँ रेफ्रिजरेटरको रेञ्ज लञ्च

IMG-20230908-WA0155.jpg

काेलकत्ता: अग्रणी र विविध उत्पादहरू भएको तक्निकी कम्पनी पेनासोनिक (Panasonic) लाइफ सोल्यूशन इण्डिया (PLSIND)-ले मेड-इन-इण्डिया रेफ्रिजरेटरहरूको नयाँ लाइन-अप लञ्च गरेको छ। पेनासोनिकको स्वामित्व भएको प्राइम कन्भर्टेबल सिरिज अन्तर्गत फ्रीजको नयाँ रेञ्ज, बटम माउण्टेड फ्रीजर जस्ता उच्च क्षमताको साथ
उन्नत सुविधाहरूको साथ आउँदछ जहाँ फ्रीजर कम्पार्टमेण्ट फ्रीजको तल्लो भागमा हुन्छ, जसले सुविधाजनक भण्डारण र सब्जीहरू र फलहरूमा सजिलो पहुँच प्रदान गर्दछ। नयाँ प्राइम कन्भर्टेबल बटम-माउण्टेड फ्रीज ४०१ र ३५७ लिटरको नेट क्षमताको साथ प्रारम्भिक मूल्य रु. ५५,४९० बाट उपलब्ध छ। यसको साथमा पेनासोनिकले एउटा बजट अनुकूल २६० लिटर फ्रस्ट फ्री फ्रीज पनि लञ्च गरेको छ, जसको मूल्य रु २३,४९० बाट शुरु हुन्छ।
नयाँ रेञ्ज सबै पेनासोनिक ब्राण्ड स्टोरहरू, पेनेसोनिकको डी२सी (D2C) प्लेटफर्म (store.in.panasonic.com), देशभरिका अग्रणी रिटेल आउटलेटहरू र प्रमुख लोकप्रिय ई-कमर्स पोर्टलहरूमा उपलब्ध छ।
यस लञ्चबारे टिप्पणी गर्दै पेनासोनिक मार्केटिंग इण्डिया, पीएलएसआईएनडी-का प्रबन्ध निदेशक फुमियासु फुजिमोरीले भने “पानासोनिकमा हामी उपभोक्ताहरूका सोच अनुसार उत्पाद विकसित गर्छौं अनि हाम्रा नवीनतम सिण्डिकेटेड सर्वेक्षणमा थाहालागे अनुसार जो मानिसहरू आफ्नो रेफ्रिजरेटरको समस्यासँग जुझिरहेका छन्, त्यसमा ९२% भोजनलाई लामो समयसम्म संग्रहीत गर्नमा कठिनाईसँग जुझिरहेका छन्, ८६% भोजनमा पोषक तत्वहरूलाई कायम राख्न सक्षम नभएकोमा चिन्तित छन्, त्यसमा ५८% स्वाद, पोषक तत्व र ताजापनको हानिको बारेमा चिन्तित छन् अनि जमिएको मासुको वस्तुहरूलाई काट्नमा कठिनाईको सामना गरिरहेका छन्। ५४% ले संग्रहीत भोजनको डी फ्रस्टिंग सम्बन्धित चुनौतीहरूबारे बताए।
फुजिमोरीले भने, “उपभोक्ताको रूचीका आधारमा हामीले हाम्रो नयाँ रेफ्रिजरेटर भारतमा लञ्च गरेका छौं । यसलाई विशेष तरिकाले इञ्जीनियर र डिजाइन गरिएको छ। यसले हाम्रा उपभोक्ताहरूको दैनिक झंझटलाई कम्ती गर्नेछ। यी रेफ्रिजरेटरहरू भारतमा उत्पादन हुने गरेको जानकारी गराउन पाउँदा मलाई खुशी लागेको छ। मेक इन इण्डिया एजेण्डामा पेनासोनिकको प्रतिबद्धताको उदाहरण दिन्छ। यस लञ्चको साथ हामीले वित्त वर्ष २०२३-२४ मा रेफ्रिजरेटर सेगमेण्टमा दोहोरो अंकको वृद्धिको लक्ष्य राखेका छौं।
पेनासोनिक लाइफ सोलुसन्स इण्डियामा घरेलु उपकरणहरूका डायरेक्टर सन्दीप सहगलले भने, ‘उपभोक्ताहरूले पहिचान गराएका आदतहरू अनुरूप, हामीले आफ्नो अत्याधुनिक प्राइम कन्भर्टिबल टेक्नोलोजीको साथ लामो समयसम्म ताजापन, पोषक तत्वहरूका संरक्षण र सजिलो डिफ्रोस्टिङ सम्बन्धित उनीहरूका प्राथमिक चिन्तालाई सम्बोधित गऱ्यौं।’
यस सीरीजमा प्रिमियम फिनिश र डायमण्ड कालो रंगमा उपलब्ध एउटा नयाँ न्यूनतम डिजाइन सामेल छ। एआई इकोनाभी टेक्नोलोजी र ६ स्पीड इन्भर्टर कम्प्रेसरसहित यी रेफ्रिजरेटरहरूले भित्री र परिवेशको तापमान, कम्प्रेसर रोटेशन गति र दैलो खुला बन्द प्याटर्नको निगरानी गरेर वास्तविक समयमा फ्रीजको तापमान नियन्त्रित गर्छ। यस कुशल प्रणालीले खानाको ताजापन र पोषक तत्वहरू जोगाएर १०% ऊर्जा बचत गर्छ। एजी क्लीन टेक्नोलोजीले ९९.९% ब्याक्टेरिया र मोल्डलाई मार्छ, जसले खानालाई ताजा र स्वस्थ राख्छ। यो ३ वर्षको व्यापक वारेण्टीको साथ आउँछ जुन रेफ्रिजरेटर उद्योगमा सबैभन्दा अधिक हो र कम्प्रेसरमा १० वर्षको वारण्टी रहन्छ।
बजेट-अनुकूल, फ्रस्ट-फ्री रेफ्रिजरेटर (२६० लीटर)
प्राइम कन्भर्टिबल बटम-माउण्टेड रेफ्रिजरेटर रेञ्जको साथमा, पेनासोनिकले बजेट-अनुकूल विकल्प पनि लञ्च गरेको छ। रेफ्रिजरेटरमा ७ सेन्सरसहितको एआई इकोनाभी, सराउण्ड एयरफ्लो कुलिंग सिस्टम, हार्ड ग्लास शेल्फ, ६-स्पीड इन्भर्टर कम्प्रेसर, एजी क्लीन टेक्नोलोजी, एलईडी प्रकाश, डबल ट्विस्ट सहित आइस ट्रे समावेश गरिएको छ र यो इलेक्ट्रिक ग्रे, ओशन ब्लु, हार्नेल फ्लोरल ब्लू लगायत धेरै रंगहरूमा आउँछ।
यी रेफ्रिजरेटरहरू यहाँबाट किन्न सकिन्छः
-डी२सी लिंक: पेनासोनिक प्राइम कन्भर्टिबल ४०१ लीटर र ३५७ लीटर रेफ्रिजरेटर मोडेल

  • अमेजोन: पेनासोनिक प्राइम कन्भर्टिबल ४०१ लीटर र ३५७ लीटर रेफ्रिजरेटर मोडेल
Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *