नयाँ दिल्ली: गत शुक्रवार अमरनाथ गुफा छेउ बादल फाट्दा आएको आपदापछि यात्रा आंशिक रूपमा स्थगित गरिए पछि अब अमरनाथ यात्रा आजदेखि फेरि शुरू भएको छ। श्रद्धालुहयको पहिलो जत्था आज बिहान ५ बजी जम्मू बेस क्याम्पबाट अमरनाथको निम्ति रवाना भए।
यसपाली श्रद्धालुहरूलाई पञ्चतरणी रूट भएर अमरनाथ लगिॅंदैछ। यो रूट भएर श्रद्धालुहरूले पवित्र गुफामा बाबा बर्फानीको दर्शन गर्न सक्नेछन्। सीआरपीएफका जवानहरू बाटोमा श्रद्धालुहरूलाई सुरक्षित अगाड़ी लैजान मद्दत गर्नेछन्। तर पहलगाम र बालटालमा बनेको क्याम्पबाट यात्रीहरूलाई अगाड़ी बढ्ने अनुमति दिइएको छैन।
सीआरपीएफको डीजी कुलदीप सिंहले आपदामा हराएका मानिसहरूको पत्तो लगाउन हर सम्भव सावधानी कदम उठाउने कार्य भइरहेको जनाए।