गान्तोक: सञ्जय राई, डा. मनोज राई, मोहन कुमार राई अनि सिर्जना राईको एक टोलीले आज राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनकै आवासीय कार्यालय मिन्तोकगाङमा भेट गरे। यस अवधि मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत अनि युवा नेता युगेन तामाङ उपस्थित रहेका थिए। प्रतिनिधि टोलीले मुख्यमन्त्रीसमक्ष सरकारको संरक्षणमा यहाँको मनन केन्द्रमा आगामी २९ र ३० सेप्टेम्बर २०२३ मा भोइस एनजीओद्वारा “सिकिम युवा सम्मेलन २०२३” आयोजना गर्ने प्रस्ताव पेश गरे। कार्यक्रममा राष्ट्रिय स्तरका शिक्षाविद् प्रमुख वक्ताको रुपमा सहभागी हुने भएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले हालैमा एशिया युथ इण्टरनेशनल मोडल मोडलमा संयुक्त राष्ट्रमा अनरेबल मेन्शन अवार्ड जित्न अनि भारतको संसदको सेण्ट्रल हलमा उत्कृष्ट सम्बोधन गरेकोमा सञ्जय राईलाई बधाई दिँदै थप सफलताको कामना गरे। प्रतिनिधि मण्डलद्वारा पेश गरिएको प्रस्तावलाई गम्भीरतापूर्वक लिँदै राज्य सरकारद्वारा यस कार्यक्रमलाई सफल बनाउन हरसम्भव सहयोग प्रदान गर्न तत्पर रहेको मुख्यमन्त्री तामाङले आश्वासन दिए।