सामाजिक कार्यकर्ता ज्ञानबहादुर तामाङ सम्मानित

00-1-A-IMG-20230907-WA0330

सोरेङ: सिक्किमको सबैभन्दा पुरानो श्रीकृष्ण प्रणामी मन्दिर, थर्पुले सामाजिक योगदान गरे बापत सामाजिक कार्यकर्ता ज्ञानबहादुर तामाङलाई सम्मान जनाएको छ। कृष्ण जन्माष्ठमीको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर थर्पुले आयोजना गरेको एक कार्यक्रममा तामाङलाई क्षेत्र विधायक आदित्य गोलेको बाहुलीबाट सम्मान जनाइएको बताइएको छ। मन्दिरको गुमोट निर्माणमा सहयोग गरेबापत उनलाई सम्मान जनाइएको आयोजक समितिले जनाएको छ। सोरेङ क्षेत्रमा तामाङको सामाजिक योगदान उल्लेखनीय रहेको जनाइएको छ। धार्मिक कार्यमा रुचि राख्ने तामाङले यस क्षेत्रमा धार्मिक-सामाजिक योगदान पुर्‍याउँदै आएका छन्। उनको योगदानको कदर गरी श्रीकृष्ण प्रणामी मन्दिर कमिटीले उनलाई सम्मान जनाएको हो। युवा सामाजिक कार्यकर्ताको रूपमा स्थापित बन्दै आएका तामाङलाई मन्दिरको एक औपचारिक कार्यक्रममा क्षेत्र विधायक आदित्य गोलेको बाहुलीबाट सम्मान-पत्र प्रदान गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement