कुतुबमिनारमा चन्द्रयान-३

00-1-Chandrayan-3-Qutub-Minar

नयाँ दिल्ली: राजधानी दिल्लीमा हुने जी-२० शिखर सम्मेलनको तयारी पूरा भएको छ। यो सम्मेलनमा भाग लिन विश्वका धेरै देशका नेता भारत आउँदैछन्। सम्मेलनलाई लिएर दिल्लीभर सुरक्षा व्यवस्था कडा बनाइएको छ। जी-२० शिखर सम्मेलन सेप्टेम्बर ९ देखि १० सम्म चल्ने तालिका छ। दिल्लीलाई जताततै उज्यालो बत्ती र हरियालीले सजाइएको छ। प्रत्येक चोकमा सुरक्षाकर्मीले निगरानी राखेका छन्। दिल्लीलाई लेजर बत्तीले सजाइएको छ। यसैबीच कुतुबमिनारको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले देशको उपलब्धि र सम्पदालाई चित्रण गर्दछ।

सोशल मिडिया प्लेटफर्म एक्समा भाइरल भइरहेको भिडियोमा कुतुबमिनारमा भएको लेजर शो देखिन्छ। जसमा देशका सम्पुर्ण सम्पदाहरु देखाइएको छ। यसमा चन्द्रयान–३ लेजर लाइटबाट प्रक्षेपण भएको देखाइएको छ। लेजर शोमा भारतका केही प्रमुख गाउँहरू पनि टावरमा देखाइएको थियो। गुजरातको होड्का र दाङ गाउँको नाम पनि यसमा समावेश गरिएको थियो। टावरमा धेरै प्रकारका रङहरूबाट बनेका कलाकृतिहरू देखाइएको छ। जुन अचम्मको देखिन्छ। यस बाहेक चन्द्रयान-३ मिशन प्रक्षेपण गर्दा सेतो रंगको अन्तरिक्ष यान तीव्र गतिमा उडिरहेको देखिन्छ। यो ३२ सेकेन्डको भाइरल भिडियो निकै रमाइलो छ। यो भिडियो कहिले बनाइएको हो भन्ने बारे यकिन जानकारी प्राप्त भएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement