७ सेप्टेम्बरः भारतीय फूटबल टीमले थाईल्याण्डमा आयोजित किंग्स कप फूटबल टुर्नामेण्टमा दशजना खेलाड़ीमा सीमित ईराक विरुद्ध पेनल्टी शूटआउटमा ५-४-ले हारको सामना गर्नु पऱ्यो। म्याचमा दुईपल्ट बढ़त हासिल गरे पनि भारतले मौकाको सदुपयोग गर्न सकेन। ईराकले म्याचको दुवै गोल पेनल्टीबाट हासिल गऱ्यो। म्याचको अन्तिम क्षणमा ईराकका फूटबलर जिदान इकबाललाई रेड कार्ड देखाइए पनि त्यसले भारतलाई कुनै फाइदा भएन। भारतको निम्ति नाओरेम महेश सिंहले १६औं मिनटमा गोल गरे। यसबाहेक ईराकका खेलाड़ी हसनले ५१औं मिनटमा आत्मघाती गोल गरे। यसरी फिफा ऱ्यांकिंगमा ७०औं स्थानमा ईराकबाट बाशार बोनयानले २७औं र एमन घधबनले ८०औं मिनटमा गोल गरे।