गान्तोक: २०२१ ब्याचका नवनियुक्त सहायक शिक्षा अधिकारीहरुले आज दिउँसो मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनको सरकारी निवास मिन्तोकगाङमा शिष्टाचार भेट गरे। सहायक शिक्षा अधिकारीहरूले मुख्यमन्त्रीको निरन्तर सहयोगको लागि धन्यवाद प्रकट गरे। जवाफमा, मुख्यमन्त्रीले उनीहरुले दिएको अभिनन्दनलाई विनम्रतापूर्वक स्वीकार गर्दै राज्यको हितमा लगनशील भई काम गर्न प्रोत्साहन दिए।