अण्डर-१७ कन्या फुटबल दलका सदस्यहरूद्वारा मुख्यमन्त्रीसॅंग भेट

IMG-20230908-WA0003.jpg

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङसँग उनकै निवास मिन्तोकगाङमा आज सोरेङ सीनियर सेकेण्डेरी स्कूलको अण्डर-१७ गर्ल्स फूटबल टोलीका सदस्यहरूले भेट गरे। १८ सदस्यीय यस टोलीले हालै राज्यमै आयोजन गरिएको अत्यधिक प्रतिस्पर्धात्मक अन्तर-विद्यालय सुब्रतो प्रतियोगितामा च्याम्पियनको उपाधि जित्न सफल भएको थियो। तिनीहरूको अर्को चुनौती यस महिनाको अन्त्यमा नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिता प्रतिष्ठित सुब्रतो कप रहेको छ।

यस भेट अवधि मुख्यमन्त्री तामाङले सम्पूर्ण टोलीलाई बधाई दिँदै आगामी प्रतियोगिताहरूमा निरन्तर प्रयास जारी राख्नुपर्ने प्रोत्साहन दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement