सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टः सेण्ट माइकल्स हाई स्कूल विजयी

IMG-20230907-WA0348.jpg

७ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा बिहीवार एउटा म्याच खेलियो।

रोमाञ्चक म्याचमा सेण्ट माइकल्स हाई स्कूल, दार्जीलिङले शान्तिरानी हाई स्कूल, सोनादालाई २-०-ले पराजित गऱ्यो। दुवै गोल गर्ने विजेता टीमका प्रणाम थापालाई प्लेयर अव् द म्याच चयन गरियो।

शुक्रवार खेलिने म्याचमा गवर्न्मेण्ट हाई स्कूल, दार्जीलिङ र सरस्वती हाई स्कूल, पेशोकबीच भिड़न्त हुनेछ। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ।

टुर्नामेण्टको फाइनल २९ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement