विजय माल्यालाई चार महिना कैदका साथै दुई हजार रुपियाँको जरिमानाको सजाय

Vijay-Malya

नयाँ दिल्ली: सुप्रीम कोर्टको न्यायमूर्ति यूयू ललितको अध्यक्षतामा रहेको बेन्चले, भगौड़ा व्यापारी विजय माल्यालाई चार महिनाको कैदका साथै दुई हजार रुपियाँको जरिमानाको सजाय सुनाएको छ। जरिमानाको रकम जमा नगरेको खण्डमा दुई महिना अतिरिक्त कैद हुनेछ। कोर्टले आफ्नो आदेशमा विदेशमा ट्रान्सफर गरिएको ४० मिलियन डलर चार हप्तामा भुकतान गर्नुपर्ने निर्देश पनि दिएको छ।

सुप्रीम कोर्टले १० मार्चको दिन आफ्नु फसेला सुरक्षित राखेको थियो। १० फरवरीमा कोर्टले विजय माल्यालाई आफ्नो पक्ष राख्ने अन्तिम मौका दिएको थियो। २४ जनवरीमा कोर्टले भनेको थियो, दोषीको प्रत्यर्पण होस् अथवा नहोस्, सजायका लागि अब अझ प्रतीक्षा गरिने छैन। दोषीले आफ्नो वकीलको माध्यमद्वारा पक्ष राख्न सक्नेछन्। कोर्टले कोर्टको मद्दाका लागि वरिष्ठ वकील जयदीप गुप्तालाई एमिकस नियुक्त गरेको थियो। सुनवाईको समय विदेश मन्त्रालयले सुप्रीम कोर्टलाई माल्याको प्रत्यर्पणको कारबाही अन्तिम चरणमा रहेको बताएको थियो।

३१ अगस्त, २०२० को अवमाननाको मामिलामा दोषी ठहर भएपछि यसको विरोधमा माल्याको पुनर्विचार याचिकालाई खारेज गरिदिएको थियो। माल्याले सुप्रीम कोर्टमा अझ एउटा याचिका दर्ता गरेको थियो। माल्याले भारतमा आफ्नो सम्पत्ति जफत गर्ने ईडीको कारबाही विरूद्ध याचिका दर्ता गरेको थियो।

About Author

Advertisement