गोजमुमो द्वारा जिल्ला शासक मार्फत ज्ञापन

IMG-20220518-WA0127.jpg

कालचिनी। गोजमुमो डुवर्स केन्द्रिय कमिटी द्वारा आज मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष अलिपुरद्वार जिल्ला शासक मार्फत एउटा ज्ञापन चढ़ाईएको जानकारी गोजमुमो केन्द्रिय कमिटीको डुवर्स एजीएस मधुकर थापाले दिएका छन।
आज अलिपुरद्वार जिल्ला प्रशासनिक भवन डुवर्सकन्यामा पुगेर गोजमुमोको टोलीले उक्त ज्ञापन सुम्पिएको थियो भने सो टोलीमा केन्द्रिय सहमहासचिव मधुकर थापा लगायत केन्द्रिय सदस्य मदन लामा, अमृता राई, पूजा राई, यूथ कोर्डिनेटर मन्तोस लामा, ब्लक सभापति अमल लामा एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

पहाड़मा जीटीए चुनाउ अघि डुवर्स तराईको ३९६ वटा मौजाको अन्तर्भूक्ति गरिनु पर्ने र यस सम्बन्धमा सम्पूर्ण कागजपत्र पनि मन्त्री अरुप विश्वास समक्ष चढ़ाई सकेको र आज फेरि उक्त प्रस्ताव ज्ञापनलाई मुख्यमन्त्री ममता ब्यानर्जी समक्ष अलिपुरद्वार जिल्ला शासक मार्फत चढ़ाईएको यूथ कोर्डिनेटर मन्तोस लामाले जनाएका छन।
यसपाली सम्पन्न हुने जीटीए चुनाउ अघि नै डुवर्स तराईको ३९६ वटा मौजाहरु अन्तर्भूक्ति हुन पर्ने र यसको लागि मुख्यमन्त्री ममता ब्यानर्जीप्रति गोजमुमो डुवर्स केन्द्रिय कमिटीका सदस्यहरु विश्वस्त रहेको गोजमुमो केन्द्रिय कमिटीको डुवर्स एजीएस मधुकर थापाले थप जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement