विधानसभा चुनाउ अघि सऱ्यो भने पनि सरकार तयार छः मुख्यमन्त्री

IMG-20230904-WA0301.jpg

गान्तोकः आगामी २०२४ मा हुने लोकसभा चुनाउलाई केन्द्र सरकारले केही अगाडी सार्नसक्छ भन्ने हल्लाहरूबिच सिक्किम चुनाउलाई लिएर पूर्ण तयार रहेको मुख्यमन्त्री पीएस तामाङले जानकारी दिएका छन्। चुनाउ अगाडि सर्नसक्छ भन्ने बारेमा केन्द्र सरकार र चुनाउ आयोगबाट आधिकारिक बयान नआए पनि चुनाउ अघि सऱ्यो भने पनि सिक्किम सरकार यसमाथि तयार रहेको भन्ने मुख्यमन्त्रीले जानकारी दिएका छन्।

बिहिवार गान्तोकमा आयोजित एउटा समारोहका अवसरमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री तामाङले आगामी चुनाउलाई लिएर राज्यका छवटै जिल्लामा सरकार चुनाउ गराउन तयार रहेको कुरा बताए।

जानकारी गराइन्छ, अहिले देशका कतिपय राष्ट्रिय मिडियाहरूमा २०२४ को लोकसभा चुनाउ केही अगाडि सर्नसक्छ भन्ने सम्भावनाका रिपोर्टहरू आइरहेका छन्। यसो भएको खण्डमा सिक्किमको विधानसभा चुनाउको मिति पनि अघि सर्नसक्छ किनभने देशको लोकसभा चुनाउ र सिक्किमको विधानसभा चुनाउ एकैसाथ हुने गरेको छ। मिडिया रिपोर्टहरूमा उल्लेख गरिए अनुसार नै राज्यमा विधानसभा चुनाउ अघि सऱ्योभने पनि सरकार तयार छ भन्ने मुख्यमन्त्री स्पष्ट पारेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement