बाहिर किन राजभवनभित्र आएर धरना दिउन् मुख्यमन्त्रीले- राज्यपाल

00-1-Rajya-Samachar-4

कोलकाताः पश्चिम बंगालका राज्यपाल सीवी आनन्द बोसले मुख्यमन्त्री ममता ब्यानर्जीलाई कोलकातामा ऱाजभवन परिसरभित्र नै धरना प्रदर्शन गर्नसक्ने भनेका छन्। उनी अनुसार, ममताले बाहिर बस्ने आवश्यकता छैन। म उनको स्वागत गर्नेछु। मुख्यमन्त्रीले शिक्षक दिवस समारोहको अवसरमा उनले राजभवन बाहिर विरोध प्रदर्शन गर्ने भनेकी थिइन्।

बिहिवार एक भीडियो सन्देशमा राज्यपालले भने, मुख्यमन्त्री मेरी सम्मानित सहयोगी हुन्। राजभवनमा उनको स्वागत छ। उनी राजभवनभित्र आउनसक्छिन् र आफ्ना सबै विरोध प्रदर्शन यही गर्नसक्छिन्। म राजभवनभित्र स्वयं उनको स्वागत गर्नेछु।

०५ सेप्टेम्बरको दिन मुख्यमन्त्रीले राज्य सरकारको चर्चा वा सहमतिबिना पश्चिम बंगालमा १६ राज्य विश्वविद्यालयहरूका लागि अन्तरिम कुलपतिहरूको नियुक्तिको फसेलाको निम्ति राज्यपालमाथि तीखो हमला गरेकी थिइन्। उनले यो पनि भनेकी थिइन्, यदि खाँचो परे उनले राजभवन सामू धरना प्रदर्शन गर्नेछिन् र ती विश्वविद्यालयहरूको आर्थिक नाकाबन्दी गर्नेछिन् जो राज्यपालको निर्देशानुसार संचालित हुनेछन्। राज्यपालले उक्त प्रतिक्रिया दिँदै भने, राजभवनमा मुख्यमन्त्रीको स्वागत गरेपनि उनी राज्य विश्वविद्यालयहरूको स्वायत्त प्रकृतिको रक्षामा कुनै समझौता गर्नेछैनन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement