कोलकाताः कोलकाता पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)-ले भक्त बन्सी झा नामका जुन आईएसआई एजेन्टलाई पक्राउ गरेको थियो उसितको जाँचबुझमा धेरै कुराहरू खुलासा भएका छन्। अब उसले बताएको, पाकिस्तानी गुप्तचर एजेन्सीको नजर नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमाथि छ।
साथै इण्डिया गेट र वार मेमोरियल जस्ता महत्वपूर्ण संस्थानहरूलाई लक्ष्य बनाउने षड़यन्त्र रचिरहेको थियो। दिल्लीमा अवस्थित यी सबै संस्थानहरू सामरिक दृष्टिले महत्वपूर्ण छन्। २४ घण्टै सुरक्षाको घेरामा हुँदा-हुँदै पनि भक्त बन्सीको मोबाइलमा यी संस्थानहरूको तस्वीर पाइएको छ, जुन केन्द्रिय एजेन्सीलाई चकित पार्ने किसिमको छ।
भक्त बन्सीका अन्य सहयोगीहरूको बारेमा पनि पत्तो लगाइंदैछ। उसले बताएको छ, दिल्लीमा रहेका सामरिक महत्वका धेरैवटा भवनहरूमाथि पाकिस्तानी गुप्तचर एजेन्सी आक्रमण गर्ने दाउमा छ। यसको लागि एजेन्सीले आतंकवादी संगठनहरूलाई खटाएको थियो। उसलाई पनि यी स्थलहरूको बारेमा पुख्ता जानकारी हासिल गर्ने जिम्मेवारी दिएको थियो।
-हिस










