कोलकाताः तृणमूल कांग्रेसका सांसद अभिषेक ब्यानर्जीले हालैमा सम्पन्न भएको पञ्चायत चुनाउअघि राज्यव्यापी रूपमा जनसम्पर्क यात्रा गरेका थिए। यो यात्रालाई उनले ‘जन ज्वार’ नाम दिएका थिए। अब यस्तै यात्रा अभिषेकले लोकसभा चुनाअघि पनि गर्ने भएका छन्।
तृणमूल कांग्रेसका एक वरिष्ठ नेताले नाम सार्वजनिक नगर्ने शर्तमा भने, अहिले यात्राको तारिक निश्चित भएको छैन तर पार्टीभित्र यस कुरालाई लिएर चर्चा चलिरहेको छ। दुर्गा पूजापछि अभिषेकले यो यात्रा शुरू गर्न सक्छन्।
आगामी वर्ष लोकसभा चुनाउमा उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्न पार्टीले कुनै कसर बांकी नराख्ने निधो गरेको छ। भाजपाले २०१९ मा राज्यको ४२ मध्ये १८ सीटमा जित हासिल गरेको थियो। यसपल्ट तृणमूल कांग्रेस भाजपाका सीटहरू खोस्न चाहन्छ। यसका लागि तमाम तयारीहरू शुरू गरिएका छन्।
पञ्चायत चुनाउअघि अभिषेक ब्यानर्जीले जनसम्पर्क यात्रा गरेपछि पार्टीलाई लाभ मिलेको थियो। यस कारण अभिषेक ब्यानर्जीको जनसम्पर्क यात्रा निकै महत्वपूर्ण हुनेछ। यसपाली उनको जनसम्पर्क यात्रा कम्तिमा तीन महिनासम्म चल्नेछ। ठाउॅं-ठाउॅंमा अभिषेक ब्यानर्जी बस्नेछन् र मानिसहरूसॅंग कुराकानी गरेर भविष्यका योजनाहरूको बारेमा बताउने छन्।
-हिस