ओकाइटीमा जोइण्ट फोरमको सभा सम्पन्न

IMG-20230907-WA0335.jpg

सरकारसँग मिलेर विकास गर्छु भन्नेहरूले पहाडको विनाश गर्दैछ: डीके गुरूङ

दार्जीलिङ: विकाश गर्छु भन्नेहरूले अहिले पहाडलाई विनाश गर्ने काम गर्दैछ भनी हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले बताएका छन्। पाँच डेसिमल पट्टाको विषयमाथि जोइण्ट फोरमले पहाडको चिया श्रमिकहरूलाई सचेत गराउने कार्यलाई तीव्र रूप दिएको छ।यसै क्रममा आज जोइण्ट फोरमले ओकाइटी चिया बगानमा एक सभाको आयोजना गरेको थियो।स्थानीय सार्वजनिक भवनमा सम्पन्न भएको सभामा हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङले सरकारसँग मिलेर विकाश गर्छु भन्नेले अहिले पहाडलाई विनाश गर्ने काम गर्दैछ भन्ने बताए। राज्य सरकारले चिया श्रमिकहरूको निम्ति पाँच डेसिमल पट्टा वितरण गरी अधिसूचना जारी गरेपछि जोइण्ट फोरमले त्यसमाथि गहन चर्चा परिचर्चा गरेर विरोध जनाएका थियौ। पहाडमा धेरै राजनैतिक दलहरू छन्। राजनैतिक दलहरूको आ आफ्नो मुद्दा भएता पनि चिया श्रमिकहरूको हक र अधिकारको निम्ति श्रमिकहरूको हितको निम्ति हामी सवै एकबद्व भएका छौं गुरूङले भने। जोइण्ट फोरमले चिया श्रमिकहरूको पक्षमा बोल्दै आएका छन। मालिकवर्ग र सरकारमाथि दबाव बनाउने कार्यहरू गर्दै आईरहेका छन्। यस पटक भने चिया श्रमिकहरूमाथि पाँच डेसिमल पट्टा थोप्ने काम गरेर ठूलो षडयन्त्रमा पार्ने काम गरेको हामीले अनुभाव गर्दैछौं। सरकारको षडयन्त्रको विरोधमा जोइण्ट फोरम मात्र होइन। विभिन्न संघ संस्थाहरू पनि लागि परेको छ। अध्यक्ष गुरूङले अधि भने हामीले पट्टाको विरोध गरेका छैनौ तर राज्य सरकारद्वारा वितरण गर्न गई रहेको पाँच डेसिमल पट्टा षडयन्त्र पूर्ण छ।हामीलाई हाम्रो पिता पुर्खाहरूले सिचेको सवै जमीनहरूको पट्टा चाहिन्छ। पाँच डेसिमल पट्टाको विरोध जोइण्ट फोरमले शुरू गरेको हो अहिले चारैतिर यसको विरोध शुरू भएको छ। पाँच डेसिमल पट्टामा सरकारको षडयन्त्र लुकेको छ भन्ने कुरा सबैले बुझेको छ। त्यसले यसको विरोध तीव्र गतिमा चलिरहेको छ।हाम्रो पिता पूर्खाहरू १८०० भन्दा अधिको हो। हामीलाई भूमिहीन बनाउन खोज्दैछ। तर हामी भूमिहीन होइनौं हामीलाई हाम्रो जमीनको पर्जा पट्टा चाहिन्छ अध्यक्ष गुरूङले भने। राज्य सरकारले जारी गरेको घरेडी पट्टा किरायदारको रूपमा दिएको छ।यो पट्टालाई स्थान्तरण गर्न सक्दैनौं। समस्या परेको बेला बैंकमा राखेर पैसा निकाल्न सक्दैनौं। जबसम्म हामी बगानमा काम गर्दछौं। तबसम्म तपाई हामी सुरक्षित छौं। बगानबाट अवकाश भएपछि हामीले लखेट्ने पनि सक्छ भन्ने अध्यक्ष गुरूङले आशंका जताउँदै त्यसले हामीले यसको विरोध गरेका हौ तिनले दोहोराए। चिया श्रमिकहरूमाथि जहिले पनि शोषण मात्र गरिन्छ। पहाडको बर्तमान सत्ता दल आएपछि अझ धेर शोषणाहरू हुदै जान्दैछ, उनीहरूले भन्ने गर्छ हामी सरकारसंग मिलेर पहाडको विकाश गर्छौ तर विकाश होइन उनीहरूले पहाडको चारैतिर विनाश गरेर आएको छ। पहाडको शैक्षिक, समाजिक, भौतिक आदि सवै क्षेत्र हरूको अवस्था सोचनीय स्थितिमा पूगी सकेको अध्यक्ष गुरूङले भने।तिनले अझ भने विगत २०१६ सम्म पहाडको चिया श्रमिकहरूले २० प्रतिशत पूजा बोनस एकै किस्ता पाउदै आएको थियो तर उनीहरू पहाडमा सत्ता चैकीमा आएपछि श्रमिकहरूले पूजा बोनस पनि दुई किस्तामा पाउन थालेको छ यो भन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ भन्ने अध्यक्ष डीके गुरूङले प्रश्न तेर्साए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement