खरसाङको सर्वोदय गुरुकुल आश्रममा भईरहेको पाँच दिवसीय विष्णु पूराण तथा श्रीकृष्ण जन्माष्टमी पर्वको समापन

IMG-20230907-WA0329.jpg

खरसाङ: खरसाङको प्रतिष्ठित सर्वोदय गुरुकुल आश्रममा गत ३ सेप्टेम्बरदेखि सम्पन्न भएको पाँच दिवसीय विष्णु पूराण तथा श्रीकृष्ण जन्माष्टमी पर्वको बिहीवार समापन गरियो। पाँच दिवसीय विष्णु महा पुराणमा पण्डित केशव मिश्र (शास्त्री) द्वारा दैनिक कथा वाचन गरियो भने नेपालबाट आएका संगीत टोलीले सुमधुर भजनहरू प्रस्तुत गरे।

यस पाँच दिवसीय अनुष्ठानबारे जानकारी दिँदै सर्वोदय गुरुकुल आश्रमकी सभापति मोती भण्डारीले खुबे सुचारू अनि सफलता पूर्वक सम्पन्न यस अनुष्ठानलाई सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्। तिनले आगामी दिनहरूमा पनि यस प्रकारको कार्यक्रम यहाँ गरिने जनाउँदै यसरीनै सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement