मुख्यमन्त्री ममता ब्यानर्जीले राज्य मन्त्री र विधायकको तलब बढाएको घोषणा

00-1-Rajya-Samachar-4

सिलगढी: बंगालका विधायकहरूको तलब बढाइएको छ। दुर्गा पूजाअघि मुख्यमन्त्रीले आफ्नो तलब भारी वृद्धि गर्ने निर्णय गरेका छन्। एकै झट्कामा ४० हजार रुपियाँ बढाइएको छ। यसबाट विधायकले १ लाख २१ हजार रुपियाँ पाउनेछन्। प्रदेश सरकारले राज्यमन्त्री र सांसदको तलब बढाएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले आज विधानसभामा यो घोषणा गरेकी हुन्। यस क्रममा मुख्यमन्त्रीले विधानसभामा भने कि बंगालका मन्त्रीहरूको तलब भारतमा सबैभन्दा कम छ। सोही कारण प्रदेश सरकारले तलब बढाउने निर्णय गरेको हो। राज्यका मन्त्री र सांसदको तलब ४० हजार रुपियाँले बढेको छ।

सरकारी तलब संरचना अनुसार यसअघि सांसदहरूले भत्तासहित ८१ हजार रुपियाँ तलब पाउथे। अबदेखि विधायकले १ लाख २१ हजार रुपियाँ पाउनेछन्। मन्त्रीहरूको तलब १ लाख ९ हजार ९ सय थियो, जुन बढेर १ लाख ४९ हजार ९ सय पुगेको छ। यसबाहेक प्रदेशका पूर्ण मन्त्रीहरूको तलब १ लाख १० हजार थियो। अब डेढ लाख पाउनेछन्। तर मुख्यमन्त्रीले तलब नलिने बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement