उत्तर दिनाजपुरमा व्यापारीको विरोधपछि पुलिसले संगठनका क्यासियरलाई रिहा

8fdfb669-cc07-4e5e-b2df-10ea0012fea2

उत्तर दिनाजपुर : चोपडाको भैशपिता क्षेत्रमा पुलिसले बिना गल्ती व्यापारी संघका क्यासियरलाई लगेको विरोधमा स्थानीय व्यापारीले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका छन् । यो घटनाले क्षेत्रमा सनसनी फैलिएको छ । केही दिन अगाडी चोपडाको प्यारेलाल चिया बगान क्षेत्रमा भएको घटनापछि भैस्पिता क्षेत्रमा पुलिसले निर्दोष सर्वसाधारणलाई उठाइरहेको छ । पुलिसको डरले बजार आउन छाडेका छन् । जसका कारण व्यवसायीले घाटा बेहोर्नु परेको छ । चियाबारीमा मालिक र स्थानीय आदिवासी मजदुरबीच झडप भएको व्यापारीहरूको गुनासो छ । तर उक्त घटनापछि पुलिसले भैस्पिता बजारबाट निर्दोष सर्वसाधारणलाई उठाएको आरोप छ । पुलिसले व्यापारी संघका क्यासियरलाई अपहरण गरेको विरोधमा उनीहरूले आज सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन् । केही घण्टाको विरोधपछि पुलिसले व्यापारी संघका क्यासियर शमीम अख्तरलाई व्यापारीको दबाबमा रिहा गरेपछि व्यवसायीले आन्दोलन अन्त्य गरेका थिए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement