क्यान्सर रोगी राजेन सुब्बाको सहयोगार्थ जीवनदान सेवा समिति अनि बाल बालिका समूहद्वारा आर्थिक सहयोग संकलन

IMG-20230907-WA0326.jpg

खरसाङ: सोनादास्थित रंगमुक निवासी क्यान्सर रोगी राजेन सुब्बाको सहयोगार्थ आज जीवनदान सेवा समिति अनि बाल बालिका समूहद्वारा आर्थिक सहयोग सङ्ग्रह कार्यक्रम सम्पन्न गरियो। संस्थाका सदस्यहरूले शहरको मूल सडकमा गीतहरू गाउदै तथा प्रत्येक दोकानहरूमा गएर अर्थ सङ्ग्रह गरे। यसबारे जानकारी गराउँदै जीवनदान सेवा समितिको अध्यक्ष सन्तोकी राईले खरसाङमा आज बिहान एघार बजीदेखि डोनेसन क्याम्प राखिएको जनाउँदै स्थानीय खरसाङवासीहरूबाट धेरै राम्रो सहयोग प्राप्त भएको जनाए। तिनले सिलगढीबाट दार्जीलिङ तर्फ जाने लगायत स्थानीय चालकहरूले पनि आफ्नो क्षमता अनुसार सहयोग गरेको अवगत गराउँदै सहयोगी सबैप्रति आभार व्यक्त गरिन्। राईले रोगी राजेन सुब्बाको उपचारको निम्ति अझ धेरै खर्च लाग्ने अवगत गराउँदै सबै सहयोगी मनहरूलाई खुलेर सहयोग गरिदिने आग्रह पनि गरेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement