थप १६८ जना कोरोनाले ग्रसित, ३७ जना भए निको
कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १६८ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ३,०२० जनाको कोरोना परीक्षण गरेकोमा १६८ जनामा संक्रमण पुष्टि भएको छ। (१,८३४ जनाको आरटी-पीसीआर परीक्षणमा १२९ जना अनि १,१८६ जनाको एन्टीजेन परीक्षणमा ३९ जना गरी १६८ जना)
देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३७ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला ७७० रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.७℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,२१,१२४ पुगेको छ भने ११,९५२ जनाको मृत्यु भएको छ। यसरी नै ९,६७,७२४ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।
अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,०४,००,९२३ रहेको छ।