कालचिनीः बिहीबार सम्पन्न गुडविल कप २०२३ को टूर्नामेन्ट म्याचमा रेडबुल खोवारडाङ्गा बनाम जलपाईगढ़ी पुलिसबीच रोमाञ्चक खेल सम्पन्न भएको थियो। म्याचमा दुवै टीमले २-२ गोल दागेर बराबर भएपछि टाई ब्रेकमा भने रेडबुल खोवारडाङ्गाले ५-४ को अन्तरमा जलपाईगढ़ी पुलिसलाई पराजित गर्न सफल भएको थियो।
म्यान अफ दी म्याच रेडबुल खोवारडाङ्गाको खेलाड़ी गुमुथाउलाई घोषित गरिएको बताउँदै आगामी म्याच ९ सेप्टेम्बरको दिन ग्लोबल क्लब असम र ५ स्टार झापा नेपालबीच सम्पन्न हुने आयोजक कमिटी राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले जनाएका छन्।