भाषा संग्रामी बुध्दिमान प्रधान बमप अभिनन्दन ग्रन्थ लोकार्पण हुने

IMG-20230907-WA0300.jpg

खरसाङ: भाषा संग्रामी, साहित्य र समाज सेवी बुध्दीमान प्रधान बपमको अतुलनीय योगदानलाई मूल्यांकन गर्दै बुध्दीमान प्रधान बमप अभिनन्दन ग्रन्थ लोकार्पण गरिने भएको छ। उक्त अभिनन्दन ग्रन्थ आगामी ९ सेप्टेम्बर शनिवारको दिन खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा लोकार्पण गरिने भएको छ। उक्त कार्यक्रम गोर्खा जन पुस्तकालयको अध्यक्ष पूर्ण गुरुङ निरुपमको अध्यक्षता र भाषा संग्रामी एंव सिक्किमका पूर्व सांसद दिलकुमारी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न हुने भएको छ। भाषा संग्रामी बुध्दीमान प्रधान बमपको अतुलनीय योगदानलाई मूल्यांकन गर्दै सिक्किमको गान्तोकस्थित अर्चना प्रकाशनको तर्फबाट साथै अर्जुन पियुषको सम्पादनमा बुध्दीमान प्रधान बमप अभिनन्दन ग्रन्थ प्रकाशित भईरहेको छ भने यसै प्रकाशन र गोर्खा जनपुस्तकालय खरसाङको संयुक्त आयोजनामा उक्त अभिनन्दन ग्रन्थ लोकार्पण गरिने भएको छ। उक्त अभिनन्दन ग्रन्थ लोकार्पण विषयमा गोर्खा जनपुस्तकालयको सचिव विनोद रसाइली र वरिष्ठ सदस्य एवं समाज सेवी तिलक शर्माले भाषा संग्रामी बुध्दीमान प्रधान बमपले भाषा, साहित्य, समाज र नेपाली भाषा मान्यतामा दिएको बहुमूल्य योगदानको मूल्यांकन गर्दै अभिनन्दन ग्रन्थ प्रकाशित गरिएको र उक्त अभिनन्दन ग्रन्थ लोकार्पण कार्यक्रममा सबैलाई उपस्थित भईदिने आह्वान् गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement