यी खानाहरूबाट हुने फाइदा

00-1-A-Peanuts-Banana

हिजोआज अधिकांश मानिस शारीरिक समस्याबाट ग्रसित छन्। हरेक मानिसमा कुनै न कुनै समस्या हुन्छ। काम गर्दाको थकान, समयमा सुत्न नसक्नुलगायतका अनेकौं समस्याले मानिसलाई सताउने गरेको छ। यसको एउटा कारण शरीरमा कार्बोहाइड्रेट पोषक तत्वको कमी पनि हुनसक्छ। शरीरको लागि फाइदाजनक चीजहरू:

सुन्तला: सुन्तला एक सिट्रस फल हो जसमा भिटामिन सी प्रशस्त हुन्छ। जसको कारणले गर्दा यसमा कार्बोहाइड्रेट पनि पाइने भए पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ। यदि तपाईंले १०० ग्राम सुन्तला लिनुभयो भने, यसमा लगभग १५.५ ग्राम कार्बोहाइड्रेट हुन्छ।

केरा: केरा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यसमा पोटासियम प्रचुर मात्रामा पाइन्छ। १३६ ग्राम केरामा ३१ ग्राम कार्बोहाइड्रेट पाइन्छ जसले रक्तचाप नियन्त्रण गर्नसक्छ।

जई: धेरैजसो मानिसहरु बिहानको खाजामा ओट्स खाने गर्छन्। यसमा लगभग ७० प्रतिशत कार्बोहाइड्रेट हुन्छ। यसबाहेक ओट्समा धेरै भिटामिन, मिनरल्स र एन्टिअक्सिडेन्ट पाइन्छ।

सखरखण्डा: जमिनमा उब्जाएको सखरखण्डा कार्बोहाइड्रेटको ठूलो स्रोत हो, आधा कप सखरखण्डामा २०.७ ग्राम कार्बोहाइड्रेट पाइन्छ। यसको सेवनले भिटामिन ए, भिटामिन सी र पोटासियम पनि मिल्छ।

बदाम: यसमा प्रोटिनको मात्रा पर्याप्त हुन्छ। यसको सेवनले तौल घटाउन मद्दत गर्छ। यसका लागि बिहान उठेर राती भिजाएको बदाम खान सकिन्छ।

अस्वीकरण: यो जानकारी सचेत गराउनको लागि मात्र दिइएको हो। कुनै पनि प्रिस्क्रिप्शन प्रयोग गर्नु अघि डाक्टरसँग परामर्श गर्नुहोस्l

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *