सडक नजिक रगत लागेको बोरा भेट्टाइएपछि आतङ्कको माहौल

Capture2-5.png

कुचबिहार: आज बिहान एउटा लावारिस बोराभित्र केही चीज रहेको साथै त्यसमा रगत देखापरेकोले कुचबिहारमा आतङ्कको माहौल देखापर्यो। प्राप्त जानकारी अनुसार स्थानीय मानिसहरूले आज बिहान कुचबिहार सहर संलग्न हरिनचौरा इलाका अन्तर्गत तोरसा नदीको बाँध नजिकैको जङ्गलमा रगत लागेको बोरा देखे। उक्त बोराको छेउछाउमा धेरैवटा झीँगाहरू घुमिरहेको थियो भने त्यहाँबाट दुर्गन्ध समेत आइरहेको थियो। उक्त बोरालाई केन्द्र गरेर इलाकामा आतङ्कको माहौल देखापर्यो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त बोरा खोलेर हेर्दा कुखुराको देहांश भेट्टाए। कसैले कुखुराको देहांश उक्त बोरामा हालेर त्यहाँ फ्याँकेको थियो। पछि उक्त बोरा त्यहाँबाट हटाइएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement