जीटीए प्रमुख अनित थापाद्वारा दिलराममा सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयको नयाँ भवन उदघाटन

IMG-20230907-WA0220.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत दिलराम उच्चत्तर माध्यमिक विद्यालयको नयाँ भवन आज जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट उदघाटन गरिएको छ। उक्त स्कूलको नयाँ भवन उदघाटन समारोह स्कूलकै प्रधान अध्यापक अनिल शर्माको अध्यक्षता र शिक्षक विशेष राईको सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रममा प्रधान अध्यापक अनिल शर्माले स्वागत सम्भाषण राखेका थिए। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापाले भोलेन्टिरयर्स शिक्षकहरूद्वारा डाकेको पेन डाउन आन्दोलन विषयमा प्रतिक्रिया दिएका छन्। उनले सिस्टम अनुसार चल्नुपर्छ भन्दै भोलेन्टीयर्स शिक्षकहरूका लागि काम गर्दैछु तर सरकारको नियम अनुसार अघि बढ्नुपर्छ भनी बताएका छन्। उनले एकैचोटी सबै कुरा हुँदैन तर विस्तारै हुन्छ भनी बताए।

कार्यक्रममा दार्जिलिङको जिल्लापाल एंव जीटीएको मुख्य सचिव एस पुनमबाल्लमले पनि वक्तव्य राखेका थिए। कार्यक्रममा डेपुटी चेयरम्यान राजेस चौहान, सभासदहरू नुरी शेर्पा, अनोश थापा, कल्पना प्रधान, खरसाङ खण्डको सभापति अनु प्रधान आदिको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थी नानीहरूले नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयको पक्षबाट पूर्व शिक्षकहरू साथै जीटीए चिफ् अनित थापालाई सम्बर्ध्दना जनाइएको छ। उक्त नयाँ स्कूल भवन उदघाटन समारोह विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयको प्रधान अध्यापक अनिल शर्माले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement