७ सेप्टेम्बरः भारतीय लेग स्पिनर युजवेन्द्र चहल आउँदो दिनहरूमा ईंग्लिश काउण्टी टीम केण्ट-को तर्फबाट तीनवटा चारदिने म्याच खेल्न तयार छन्। चहललाई यस साल हुने आईसीसी वनडे वर्ल्ड कपको निम्ति भारतीय टीममा स्थान प्राप्त भएन। चयनकर्ताहरूले उनको स्थानमा कुलदीप यादवलाई प्राथमिकता दिए। यसबाहेक वर्ल्ड कपको टीममा अक्षर पटेल र रविन्द्र जडेजाको रूपमा दुईजना स्पिन अलराउण्डर पनि छन्। चहलले भारतको निम्ति अहिलेसम्म रातो बलको क्रिकेट खेलेका छैनन्। उनले आफ्नो करियरमा केवल २२ वटा प्रथम श्रेणीको म्याच खेलेका छन्, जसमा उनले ३५.२५-को औसतले ८७ विकेट हासिल गरेका छन्। उनले अन्तिमपल्ट २०२२-२३ रणजी ट्रफीमा हरियाणाको प्रतिनिधित्व गरेका थिए। यसपाली काउण्टी क्रिकेट खेल्न चहललाई भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-बाट अनापत्ति प्रमाण पत्र (एनओसी) प्राप्त भइसकेको छ। केण्ट काउण्टी क्रिकेट क्लबले चाँड़ै उनीसँग अनुबन्धको घोषणा गर्नेछ। अफ् सीजनमा आफ्नो फर्म कायम राख्न धेरै भारतीय खेलाड़ीहरू ईंग्ल्याण्ड गएका छन्। देब्रे हातका पेस बलर अर्शदीप सिंहले गत वर्ष केण्ट-को प्रतिनिधित्व गरेका थिए जबकि बी साई सुदर्शन, जयन्त यादव र उमेश यादव जस्ता खेलाड़ीहरूलाई चाँड़ै काउण्टी च्याम्पियनशीपमा देखिनेछ। चहललाई यसअघि टी२० वर्ल्ड कप २०२२-को अवधि भारतीय टीममा स्थान दिइएको थियो तर उनले एउटा म्याच पनि खेल्न पाएनन्।