महान वकार यूनिसको बराबरी गरे हारिस रऊफले

IMG-20230906-WA0298.jpg

७ सेप्टेम्बरः पाकिस्तान क्रिकेट टीमका पेस बलर हारिस रऊफले एउटा नयाँ रेकर्ड बनाए। उनी देशको निम्ति वनडे इण्टरनेशल क्रिकेटमा सबैभन्दा तेज ५० विकेट लिने तेस्रो बलर बने। बुधवार एशिया कपमा बंग्लादेश विरुद्ध सुपर फोर राउण्डको म्याचमा उनले ४ विकेट लिएर यस विशेष उपलब्धिलाई हासिल गरे। उनले बंग्लादेशका युवा ब्याटर तौहिद हृदोयलाई बोल्ड गरी आफ्नो ५० विकेट पूरा गरे। उनले आफ्नो २७औं वनडे म्याचमा यस उपलब्धिलाई हासिल गरे। पाकिस्तानका पूर्व पेस बलर वकार यूनिसले पनि २७ वटा म्याचमा ५० विकेट पूरा गरेका थिए। पाकिस्तानको निम्ति सबैभन्दा तेज ५० विकेट पूरा गर्ने रेकर्ड हसन अलीको नाममा रहेको छ। उनले २४ वटा म्याचमा यस उपलब्धिलाई हासिल गरेका थिए। त्यसपछि शाहिन शाह अफरीदी (२५ वटा म्याच) रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement