वर्ल्ड कपको ४ लाख टिकट बेच्ने बीसीसीआई-को तयारी

IMG-20230907-WA0165.jpg

७ सेप्टेम्बरः भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले यस साल हुने आईसीसी वनडे वर्ल्ड कपको म्याचहरूका उच्च मागलाई पूरा गर्न ४ लाख अतिरिक्त टिकटहरू बिक्री गर्ने घोषणा गऱ्यो। आईसीसी वनडे वर्ल्ड कप ५ अक्टोबरदेखि भारतमा शुरु हुनेछ अनि फाइनल १९ नोभेम्बरमा खेलिनेछ। टिकट बिक्रीको आउँदो चरण ८ सेप्टेम्बर बिहान ८ बजीदेखि शुरु हुनेछ। अहिले २५ अगस्तदेखि ३ सेप्टेम्बरसम्मको बिक्रीको पहिलो चरणमा टिकटहरू लगभग समाप्त भइसकेको छ, जसमा आयोजक भारतको सबै म्याचहरू पनि सामेल छ। म्याच टिकट नपाउँदा प्रशंसकहरूले सोशल मीडियामा निराशा व्यक्त गरेका छन्। भारत र पाकिस्तानबीच हाई भोल्टेज म्याचको आयोजन स्थल अहमदाबादको नरेन्द्र मोदी स्टेडियमको क्षमता १ लाखभन्दा अधिक रहे पनि प्रशंसकहरूले म्याचको टिकट नपाएको आरोप लगाइरहेका छन्।
बीसीसीआई-ले बताएअनुसार, ८ सेप्टेम्बरमा सबै म्याचहरूको टिकटको सामान्य बिक्री हुनेछ। बोर्डद्वारा जारी बयानमा भनिएको छ, प्रशंसकहरू टुर्नामेण्टको धड़कन हुन् अनि उनीहरूका अटूट माया, जोश र योगदान आईसीसी पुरुष वनडे वर्ल्ड कपको सफलताको निम्ति महत्त्वपूर्ण रहेको कुरालाई बीसीसीआई गहिराईको साथ स्वीकार गर्दछ। आयोजन गर्ने राज्य संघहरूसँग चर्चापछि बीसीसीआई-ले यस बहुप्रतीक्षित टुर्नामेण्टको निम्ति लगभग ४ लाख टिकट बिक्री गर्ने घोषणा गरेको छ। यस उपायको उद्देश्य धेरभन्दा धेर उत्साही क्रिकेट प्रशंसकहरूलाई सामेल गर्नु अनि यस ऐतिहासिक आयोजनमा उनीहरूका भागीदारी सुनिश्चित गर्नु हो। यसको साथमा बीसीसीआई-ले टिकटहरूको बिक्री ८ सेप्टेम्बरमा क्रिकेट वर्ल्ड कपको आधिकारिक वेबसाइटको माध्यमले गरिने पनि पुष्टि गऱ्यो। वर्ल्ड कपको टिकटहरूको बिक्रीको पहिलो चरण ३ सेप्टेम्बरमा समाप्त भयो अनि सेमिफाइनल र फाइनलको टिकटहरूको बिक्री १५ सेप्टेम्बरदेखि शुरु हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement