७ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा बुधवार एउटा म्याच खेलियो। म्याचमा सनराइज स्कूलले ज्ञानोदय निकेतनलाई पेनल्टी शूटआउटमा ४-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। ज्ञानोदय निकेतनका तेञ्जिंग राईलाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै ज्ञानोदय निकेतन स्कूलका म्यानेजरलाई आयोजक समितिको तर्फबाट स्मृति चिन्ह प्रदान गरियो।

क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २९ सेप्टेम्बरमा खेलिनेछ।