स्वास्थ्य मन्त्री कुङ्गा निमा लेप्चाले गरे एसटीएनएम अस्पतालको भ्रमण

si-2

गान्तोक: राज्यका स्वास्थ्य विभागीय मन्त्री कुङ्गा निमा लेप्चाले आज बिहान यहाँको सोचेग्याङस्थित एसटीएनएम अस्पतालको निरीक्षण भ्रमण गरे। यस अवधि उनले त्यहाँ भर्ना भइ उपचाराधीन विरामीहरूसँग कुराकानी गर्दै उनीहरूको स्वास्थ्य सुधारबारे सोधीखोजी गरे।

उनले विरामीहरूलाई चाँड़ै सुस्वास्थ्य लाभको कामना पनि गरे।

मन्त्री लेप्चाले त्यहाँ अस्पतालद्वारा विरामीहरूलाई प्रदान गरिने खानेकुराको पनि निरीक्षण गर्दै विरामीहरूलाई सुनिश्चित रूपमा स्वस्थ खाना खुवाउनुपर्ने कुरामाथि जोर दिए। योसँगै उनले त्यहाँ सेवामा उपस्थित डाक्टर, नर्स अनि स्वास्थ्यकर्मीहरूसँग कुराकानी गर्दै आफ्नो सेवामा समर्पित भएर कार्य गर्नुपर्ने आह्वान गरे।

जानकारी गराइन्छ, राज्यका वरिष्ठ मन्त्री कुङ्गा निमा लेप्चालाई हालै मात्र राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागको अतिरिक्त जिम्मेवारी पनि प्राप्त भएको छ।

About Author

Advertisement