गान्तोक: नाम्थाङ रातेपानी निर्वाचन क्षेत्र अन्तर्गत नागी रूचुङ जीपीयू-मा नारी प्रकोष्ठको समन्वय सभा सम्पन्न भएको छ। जानकारी गराइन्छ, यस समष्टिमा गत केही दिन अघिदेखि मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशन अनि क्षेत्र विधायक तथा मन्त्री सन्जित खरेलको मार्गदर्शनमा धारावाहिक रूपमा समन्वय सभा आयोजन भइरहेको छ।
सभाको मुख्य उद्देश्य पार्टीमा नारी शक्तिको भूमिका र नारी सशक्तिकरण माथि छलफल गर्नु रहेको छ। सभामा सम्बन्धित जीपीयू तथा 6 वटै वार्डका लागि नारी प्रकोष्ठको कार्यकारी सदस्यको पनि नियुक्ति गरियो। बैठकको अध्यक्षता मन्त्री सन्जित खरेलकी धर्मपत्नी आसा खरेलले गरेकी थिइन्।
साथमा महिला तथा बाल बिकास बिभाग अध्यक्ष रोमा तामाङ, जिल्ला पञ्चायत सदस्यहरू डेन्डुप शेर्पा, इन्द्र कुमारी छेत्री, सम्बन्धित जीपीयू-का पञ्चायत अध्यक्ष लगायत सदस्यगण, नारी प्रकोष्ठकी संयोजक पूर्ण कुमारी गुरूङ, उप-संयोजक अमृता राई लगायत नारी प्रकोष्ठका अन्य सदस्यहरूको उपस्थिति रहेको थियो।