ठाकुरवाडी सेवा सदन भवनको विधिवतरूपमा उद्घाटन

si-2

सोरेङ: सोरेङमा ठाकुरवाडी सेवा सदन भवनको विधिवतरूपमा आज ठाकुरवाडी मन्दिर सञ्चालन समितिका अध्यक्ष एवं पूर्व मुख्य सचिव पीके प्रधान र उनकी धर्मपत्नी नलिनी जी प्रधानको संयुक्त बाहुलीबाट उद्घाटन गरियो।

सोरेङ ठाकुरवाडी मन्दिर सञ्चालन समितिको आफ्नो निजी जमीनमा निर्माण गरेको पाँचतले भवन ‘ठाकुरवाडी सेवा सदन’ आज उद्घाटन गरिएको हो।

उल्लेख्य, ठाकुरवाडी मन्दिर सोरेङको पञ्जीकरण सन् 1926 साल भन्दा अघि नै भएको हो। सय वर्षभन्दा पनि पुरानो सोरेङ ठाकुरवाडी मन्दिरले आफ्नो २२८० हेक्टर जमीनमा ठाकुरवाडी सेवा सदन भवन निर्माण गरेको हो। नवनिर्मित भवन सोरेङ-सोमबारे मूल रोडस्थित ग्यास गोदाम परिसरमा रहेको छ। ठाकुरवाडी सेवा सदन भवनको निर्माण कार्यमा मुख्यमन्त्री पीएस गोलेले पनि आर्थिक सहायता प्रदान गरेका छन्। यसैगरी भूतपूर्व मुख्य सचिव पीके प्रधान र उनकी धर्मपत्नी नलिमी जी प्रधानले भवन निर्माणमा सत्तरी प्रतिशत खर्च उठाएको तथा मन्दिर सञ्चालन समितिका सदस्यहरु र धेरै शुभचिन्तकहरुले पनि भवन निर्माणमा आर्थिक सहयोग गरेका छन्। अहिलेसम्म भवन निर्माणमा लगभग एक करोड लगानी भएको जानकारी मन्दिर समितिले गराएको छ।

उक्त भवनमा सोरेङ जिल्ला स्वास्थ्य केन्द्रमा उपचारको निम्ति भर्ना भएका बिमारीहरुको हेरचाह गर्न आउने असहाय अनि आयस्रोत कम भएका व्यक्तिहरुको निम्ति निःशुल्क विश्राम कक्षा बनाइएको छ। विश्राम कक्षा दुवै महिला र पुरुषहरुको लागि अलग-अलग बनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement