सोरेङ एसएसए र साउदनर्स एफसी फाइनलमा प्रवेश

IMG-20230907-WA0001.jpg

गान्तोक: सिक्किम फुटबल एसोसिएसनको तत्वावधानमा आयोजित सिक्किम वुमेन्स सुपर लिग फुटबल खेलको दुईवटा सेमिफाइनल खेल आज राजधानीस्थित पाल्जर स्टेडियममा सम्पन्न भयो।पहिलो सेमिफाइनल खेलम युएसएससीए पाकिम बनाम एसएसए सोरेङबीचमा भएको थियो। सधैं झै उत्कृष्ट खेलको प्रदर्शनी गर्दै सोरेङका खेलाडीहरुले सम्पूर्ण खेलमा आफ्नो वर्चस्व कायम राख्यो। पाकिमका खेलाडीहरुले पनि धेरै प्रयास गरे तर अन्तमा शुन्यको विरुद्ध ७ गोलले सोरेङ एसएसए विजयी बनेर फाइनलमा प्रवेश गर्न सक्षम बन्यो। पहिलो खेलमा युएसएससीएका खेलाडी दाउकित लेप्चालाई वुमेन अफ द म्याच चयन गरियो। यसरी नै दोस्रो सेमिफाइनल खेलमा साउदनर्स एफसी नाम्ची वनाम मानेबुङ देन्तामकोबीचमा रोमाञ्चक भीडन्त भयो। खेलको निर्धारित समयसम्म दुवै दलले कुनै गोल गर्न नसकेपछि अन्ततः खेल टाइ ब्रेकरमा परिणत भएको थियो, जसमा १ को विरुद्ध ३ गोलले साउदनर्स एफसी विजयी बनेर फाइनलमा स्थान सुरक्षित बनाउन सफल बन्यो। दोस्रो खेलमा साउदनर्स एफसी नाम्चीका खेलाडी वाङ्देन लेप्चालाई वुमेन अफ द म्याचको रुपमा चयनित गरियो। आजको खेलमा राजकुमारी लिज्युम नामग्याल प्रमुख अतिथिको रुपमा उपस्थित थिइन्। यसरी नै संस्कृति विभागका सल्लाहकार भीम कुमारी शर्मा, समाजसेवीद्वय केसाङ लाचुङपा अनि डिकी ला विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। आज सिक्किम फुटबल एसोसिएसनको तर्फबाट पूर्व महिला फुटबल खेलाडीहरु छिमी डोमा भोटिया, सुषन तामाङ, साम्तेन लाचुङपा, पुष्प गुरुङलाई पनि सम्मान जनाइयो।

आज चयन भएका दुवै वुमेन अफ द म्याच प्रापक खेलाडीहरुलाई प्रमुख अतिथिको बाहुलीबाट आर्थिक पुरस्कार साथै पारितोषिक प्रदान गरियो।

यस लिगको अन्तिम फाइनल खेल आगामी ८ सेप्टेम्बरको दिन पाल्जर स्टेडियममा २ बजे सम्पन्न हुनेछ। यस फाइनल खेलमा सिक्किम राज्यका मुख्यमन्त्रीकी धर्मपत्नि श्रीमती कृष्णा राई गोले प्रमुख अतिथिको रुपमा उपस्थित रहने छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement