एसडीएफद्वारा चुनाउ आयोगलाई पत्रचार

1000361161.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रन्ट पार्टीले एक रिटर्निंग अफिसरको आचरणको बिरूद्ध भारतको मुख्य निर्वाचन अधिकारी अनि सिक्किम राज्य चुनाउ अधिकारीसमक्ष उजुरी दर्ता गरेको छ। एसडीएफ पार्टीले मंगलबार एक प्रेस बयान जारी गरेर यसबारे प्रकास पारेको छ। पार्टीले प्रेस बयानमा उल्लेख गरेअनुसार एक लोकतान्त्रिक अनि जिम्मेवार प्रतिपक्ष दलको रूपमा एसडीएफले जनहितका जिम्मेवारीहरू निर्वाह गर्न कुनै कसर बाँकी छोड़ेको छैन। पार्टीले अझ उल्लेख गरेअनुसार अगस्त महिनामा सोरेङ जिल्लाका जिल्लापाल जो मुख्य निर्वाचन अधिकारी सिक्किमको प्रतिनिधित्व गर्ने रिटर्निंङ अधिकारी पनि हुन् उनले एसडीएफ पार्टीलाई बुथ स्तर एजेन्टहरूको नियुक्तिको बारेमा डाकेको बैठकको लागि आमन्त्रित गरेनन्। संयोगले बैठक बोलाएको बेलामा एसडीएफका उपाध्यक्ष एडी सुब्बा जिल्लापाल कार्यालयमा गएका थिए भन्ने दाबी पार्टीको छ। त्यसैबेला सुब्बाले आफ्नो मौखिक विरोध दर्ता गराएको र माग राख्दा त्यो चिठ्ठी निस्क्यो र उनलाई दिइएको भनाइ छ। त्यसपछि उनी बैठकमा बसे र अन्य दलका प्रतिनिधिलाई पनि यसबारे जानकारी गराइएको थियो भन्ने दाबी एसडीएफको छ। तर, जिल्लापालले पत्र नपठाउनु भनेको निर्वाचन आयोगको आचारसंहिताको पूर्ण उल्लंघन हो भनी ठहर गरेको छ। यसलाई गम्भीरतासित लिँदै एसडीएफ पार्टी भारतका मुख्य निर्वाचन अधिकारी र राज्यका चुनाउ अधिकारीलाई गुनासो पठाएको जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement