गान्तोक: राज्यपाल लक्ष्मण प्रसाद आचार्य र मुख्यमन्त्री प्रेम सिंह तामाङले श्रीकृष्ण जन्माष्ठमी पर्वको राज्यवासीलाई शुभकामना व्यक्त गरेका छन्। राज्यपालले आफ्नो शुभकामना संदेशमा राज्यपालले भनेका, श्रीकृष्णको जिवनीले साँचो भक्ति, कर्म, प्रेम र मानवता प्रति समर्पणको संदेश दिन्छ। श्रीकृष्णको संदेशले मानिसलाई लोक कल्याणको निम्ति अभिप्रेरित गर्ने गर्छ। उनले भगवान श्रीकृष्णको दिव्य ज्ञानलाई आफ्नो जीवनमा उतार्ने राज्यवासीलाई आह्वान गरेका छन्।
यसरी नै मुख्यमन्त्री तामाङले आफ्नो शुभकामना भनेका छन्, भगवान कृष्णको जीवनका आदर्शहरू विश्वव्यापी रुपमा सान्दर्भिक छन्। दुष्टता विरुद्ध धार्मिकताको पक्षमा उभिने, सर्वव्यापी कल्याणका लागि काम गर्ने र पुरस्कारभन्दा पनि जिम्मेवारीमा केन्द्रित हुने उहाँको सन्देश प्रेरणादायी छ। म सिक्किमका जनतालाई प्रेम, करुणा र निस्वार्थ सेवाको सन्देशलाई आत्मसात गर्न र हाम्रो राज्य र राष्ट्रलाई अगाडि बढाउन एकजुट भएर काम गर्न आग्रह गर्दछु।
मुख्यमन्त्री तामाङले सिक्किमवासीलाई भगवान श्रीकृष्णले देखाउनुभएको सद्गुण मार्गमा हिँड़ने अनि जनताको हितमा योगदान पुर्याएर आफ्नो समाज र राष्ट्रलाई सुदृढ बनाउने अपील गरेका छन्।
उल्लेखनीय छ, भोली श्रीकृष्ण जन्माष्ठमीको अवसरमा राज्य विदा घोषित गरिएको छ।