याकतेनमा शिक्षक दिवस पालन

IMG-20230906-WA0324.jpg

गान्तोक: शिक्षक दिवसको अवसरमा, पाक्योङको अतिरिक्त जिल्लापाल कार्यालयको मार्गनिर्देशनमा सिक्किम सेवानिवृत्त शिक्षक कल्याण संघको एक कारयक्रम सम्पन्न भयो। प्रत्येक वर्ष सेप्टेम्बर ५ मा मनाइने शिक्षक दिवस, एक प्रतिष्ठित दार्शनिक, विद्वान, र भारतका दोस्रो राष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णनको जन्मदिनको अवसरमा गरिन्छ। यो उनलाई श्रद्धाञ्जली हो जसको जीवन र कामले शिक्षकहरूले समाजमा पार्ने गहिरो प्रभावको उदाहरण दिन्छ।

अतिरिक्त जिल्लापाल रबिन सेवाले यस दिनको महत्त्वलाई जोड दिँदै सबैलाई शुभकामना दिए। शिक्षकहरूले समाजमा पुर्‍याएको अमूल्य योगदानको लागि कृतज्ञता व्यक्त गरे। उनले शिक्षाको माध्यमबाट हाम्रो समुदाय र राष्ट्रको भविष्य निर्माण गर्न शिक्षकहरूले खेल्ने निर्णायक भूमिकालाई प्रकाश पारे। उनले विद्यार्थीहरूले पुस्तालाई ज्ञान र मूल्यहरू प्रदान गर्नको लागि अथक प्रयास र समर्पण गर्नपर्ने उल्लेख गर्दै उपस्थित सबै सेवानिवृत्त शिक्षकहरूप्रति गहिरो कृतज्ञता व्यक्त गरे। कार्यक्रममा खाद्य तथा नागरिक आपूर्ति बोर्ज अध्यक्ष इन्चुङ भोटिया, अध्यक्ष, अखिल सिक्किम सेवानिवृत्त शिक्षक कल्याण संघ वीरकुमार बस्नेत, उपाध्यक्ष टीबी भण्डारीको पनि उपस्थिति थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *