अधिकारीहरुद्वारा पाक्योङ हवाईअड्डा परिसरको निरीक्षण

IMG-20230906-WA0323.jpg

गान्तोक: पाक्योङ जिल्ला प्रशासनले महकुमा अधिकारी छिरिङ भोटियाको नेतृत्वमा आज पाक्योङ हवाईअड्डा नजिकै प्रभावित क्षेत्रहरूको निरीक्षण गऱ्यो। उनको साथमा माइन्स एण्ड जूलजी विभागका संयुक्त निदेशक केके लुईटेल, विमानस्थल निर्देशक आरके ग्रोवर, अन्य अधिकृतहरु विवेक शर्मा, डीआर आचार्य पञ्चायतहरु, इन्जिनियरहरु सामेल थिए। निरीक्षणको लक्ष्य विमानस्थलको पर्खाल दबिँदा भएको क्षतिको समीक्षा गर्नु थियो। टोलीले प्रभावित घरधनीलाई भेटेर पुनर्निर्माणको काम छिट्टै सम्पन्न गर्ने आश्वासन दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement