नयाँ दिल्ली: इण्डिगोले यात्रीहरूलाई जी-२० शिखर सम्मेलनको मध्यनजर राजधानी दिल्लीको इन्दिरा गान्धी अन्तरराष्ट्रिय हवाई अड्डा (आईजीआई) मा उड़ानहरू रद्द रहनबारे सूचित गरेको छ। एयरलाइनले बुधवार यो जानकारी गराएको छ। इण्डिगोले यहाँ जारी एक बयानमा भनेको छ, नयाँ दिल्लीमा आयोजित हुने जी-२० शिखर सम्मेलनको मध्यनजर इण्डिगो ८-११ सेप्टेम्बर २०२३ बीच दिल्लीबाट यात्रा गर्ने यात्रीहरूका लागि एक पल्टको छूटको पेशकश गरिरहेछ। ग्राहकहरूलाई पैसा फिर्ता लिनका साथै उड़ानहरू पुनर्निर्धारित वा रद्द गर्ने विकल्प दिँदैछ। -हिस