कोविड़ भारत: सक्रिय मामिलाको संख्या बढ्दै

nationalherald_2020-12_881ece03-67df-4359-8d7f-e54f0dea5c4b_covid.jpg

कोरोनाको १६,६७८ नयाँ मामिला, २६ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १६,६७८ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,३६,३९,३२९ पुगेको छ। त्यहिं गत २४ घण्टामा मोठ २६ जना मानिसहरूको कोरोनाले मृत्यु भएको छ। अहिलेसम्म देशमा यो रोगले कुल ५,२५,४५४ जना मानिसहरूको मृत्यु भइसकेको छ। यसरी नै यस अवधिमा १४,६२९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,२९,८३,१६२ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.५०℅ रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या बढेरा १,३०,७१३ पुगेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी २,७८,२६६ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ८६,६८,८८,९८० जनाको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ११,४४,१४५ जनाले कोरोना खोप लगाउनको साथ कुल १,९८,८८,७७,५३७ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement