एशिया कपः बंग्लादेश विरुद्ध पाकिस्तान ७ विकेटले विजयी

IMG-20230906-WA0298.jpg

६ सेप्टेम्बरः एशिया कप क्रिकेट टुर्नामेण्टको सुपर फोर चरण शुरु भइसकेको छ। आज खेलिएको सुपर फोर चरणको पहिलो म्याचमा पाकिस्तानले बंग्लादेशलाई सजिलैसँग ७ विकेटले पराजित गऱ्यो। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिला ब्याटिंग गर्दै बंग्लादेशको टीम ३८.४ ओभरमा १९३ रन बनाएर अलआउट भयो। खराब शुरुवातपछि मुशफिकुर रहीम र कप्तान शाकिब अल हसनको अर्द्धशतकको सहायताले बंग्लादेश सम्मानजनक स्कोरसम्म पुग्यो। मुशफिकुरले ८७ बल खेलेर ५ वटा चौकाको साथ ६४ रन बनाए। यसरी नै शाकिबले ७ वटा चौकाको सहायताले ५३ रनको योगदान दिए। एक समय ४७ रनमै ४ विकेटको पतन भए पनि मुशफिकुर र शाकिबले पाँचौं विकेटको निम्ति १०० रनको पार्टनरशीप गरे। पाकिस्तानका बलरहरूमा हारिस रऊफले ४ र नसीम शाहले ३ विकेट लिए। जवाफमा पाकिस्तानले ६३ बल बाँकी रहँदै ३ विकेट गुमाएर १९४ रनको लक्ष्यलाई हासिल गऱ्यो। ओपनर इमाम-उल-हकले सर्वाधिक ७७ रन बनाए। उनले ८४ बल खेलेर ५ वटा चौका र ४ वटा छक्का लगाए। यसबाहेक मोहम्मद रिजवानले अविजित ६३ रन बनाए। कप्तान बाबर आजम १७ रन बनाएर आउट भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement