६ सेप्टेम्बरः डुवर्सको रामझोड़ा फूटबल कमिटीको तत्त्वावधानमा आयोजित रामझोड़ा टी गार्डन फूटबल अनर कप २०२३ टुर्नामेण्टमा वरियर्स स्पोर्टिंग क्लब, तुलसीपाड़ाले क्वार्टर फाइनलमा स्थान बनायो । रामझोड़ा फूटबल मैदानमा बुधवार खेलिएको म्याचमा वरियर्स स्पोर्टिंग क्लबले नेपालको बिर्तामोड़ युनाइटेड फूटबल ट्रेनिंग सेण्टरलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट निर्कल थापाले २१औं र राज थापाले ४५औं मिनटमा गोल गरे। यसरी नेपालको टीमबाट निमा तामाङले ४९औं मिनटमा गोल गरे। विजेता टीमका खेलाड़ी राज थापालाई हीरो अव् द म्याच चयन गरियो। यस टुर्नामेण्टको दोस्रो सीजनमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ।

टुर्नामेण्टको दुईवटा सेमिफाइनल क्रमशः २७ र २८ सेप्टेम्बरमा खेलिनेछ। यसरी फाइनल १ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।