लागुऔषध र प्रतिबन्धित कफ सिरप सहित २ जना पक्राउ

IMG-20230906-WA0218.jpg

सिलगढी: सूचनाको आधारमा कारबाही गर्दै, एसओजी र भक्तिनगर पुलिसले सिलगढीको विद्या चक्र कालोनी क्षेत्रमा अवैध खोकी सिरप र इन्जेक्सन औषधिसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विद्याचक्र कालोनी निवासी शम्पामुनि र समीर चन्द रोय रहेका छन्। उनीहरुको साथबाट अवैध खोकीको सिरप १५ बोतल र लागुऔषध सुईका ६६ थान बरामद भएको छ। बुधबार दिउँसो अपरेशन गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement