आयोजक पीवाईएस र कफेर विजयी

photocollage_202396204331383.jpg

६ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा आज दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा बुधवार भएको पहिलो म्याचमा आयोजक पीवाईएस-ले साई दापोवाल कालेबुङलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट सुदीप शर्मा र बिक्रम राईले गोल गरे। यसरी साई दापोवालबाट जुवल मंगरले १ गोल गरे। यसरी दिनको दोस्रो म्याचमा कफेरको टीमले अंश सेभेन, सालुगढ़ालाई ५-३-ले पराजित गऱ्यो। विजेता टीमबाट बिक्रम राईले ह्याट्रिक गरे। यसबाहेक जेपान राईले २ गोल गरे। यसरी अंश सेभेनबाट अभि विश्वासले २ र प्रतीक राईले १ गोल गरे।टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा जर्जियन एफसी च्याम्पियन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement