क्वार्टर फाइनलमा पुग्न सफल गोर्खा सेभेन

IMG-20230906-WA0272.jpg

६ सेप्टेम्बरः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा नेपालको गोर्खा सेभेनले क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा बुधवार भएको म्याचमा गोर्खा सेभेनले हिमालयन ड्राइवर्स एसोसिएशन, लंगभ्यूलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमका गोलदाता रोजन न्यौपानेलाई प्लेयर अव् द म्याच चयन गरियो । टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएअनुसार, टुर्नामेण्टको दुईवटा सेमिफाइनल १६ र १७ सेप्टेम्बरमा हुनेछ। फाइनल २४ सेप्टेम्बरमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement