भागोप्रमो नेतृत्वहरू विरूध्दमा हाम्रो पार्टीद्वारा प्राथमिकी दर्ता

1000344028.jpg

खुल्ला मञ्चबाट धम्की दिनु भागोप्रमोले भन्ने गरेेको गणतन्त्र यही हो: एडवाडर्स

दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय उपाध्यक्ष प्रमोस्कर ब्लोन, केन्द्रीय प्रवक्ता केशवराज पोख्ररेल,भागोप्रमो श्रमिक संघको केन्द्रीय कार्यकारी अध्यक्ष जेबी तामाङ, महकुमा समिति अध्यक्ष आलोककान्त मणि थुलुङ, युवा शक्ति केन्द्रीय अध्यक्ष अमृत योञ्जन विरूध्द हाम्रो पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्सले सदर थानामा प्राथमिकी दर्ता गरेको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले सदर थानामा दर्ता गरेको प्राथमिकीमा गत ३ सेप्टेम्बरको दिन दार्जीलिङको मोटर स्ट्याण्डमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले जनसभाको मञ्चबाट धम्की दिने, राजनैतिक घृणा उत्पन्न गर्ने, शत्रुताको भावना उत्पन्न गर्ने आदि जस्ता कार्यहरू गरेको बताउँदे प्राथमिकता दर्ता गरेको बताएका छन्। दर्ता गरिएको प्राथमिकीमा भनिएको छ – गत केही दिन अघि एक न्युज च्यानलले पर्जा पट्टा विषयमा आयोजना गरेको चर्चा परिचर्चा कार्यक्रममा भागोप्रमोको केन्द्रीय कार्यकर्ता डीके प्रधानको बयानको पहाडको चौतर्फी विरोध भईरहेको छ अनि त्यसै विषयमाथि हाम्रो पार्टीले डीके प्रधानको पूत्ला जलाएका थिए अनि हाम्रो पार्टीको कार्यकर्ता रोबर्ट छेत्री, गोपाल परियार र राप्गे राई विरूद्व सदर थानामा मामला दर्ता गरेको छ। त्यही पुत्ला दहनको कार्यलाई ईर्ष्या लिएर 3 सेप्टेम्बरको दिन भागोप्रमोले जनसभाको आयोजना गरेका थिए भने उनीहरूको सम्भाषणले स्पष्ट भएको छ। भागोप्रमोको नेतृत्वहरूको धम्कीपूर्ण सम्भाषणहरू अहिले समाजिक संजालहरूमा भाइरल भईरहेको छ। चिया श्रमिकहरूलाई पाँच डेसिमल पट्टा थोप्ने काम भागोप्रमोले गर्दै आईरहेको छ। तर श्रमिकहरू पाँच डेसिमल पट्टा थाप्न राजी छैन। घरेडी पट्टा मात्र होइन हामीलाई हाम्रो पिता पुर्खाहरूले सिचाएको जमीनको पर्जा पट्टा दिनुपर्छ भन्ने मांगमा श्रमिकहरू अडिग छनं। तर यसमा पनि भागोप्रमोको नेतृत्वहरूलाई ईर्ष्या र डाहा भएको उनीहरूको सम्भाषणले उदाङ्गो भएको छ।’
दर्तामा अझ भनिएको छ -‘जनसभाको मञ्चबाट भागोप्रमोको केन्द्रीय उपाध्यक्ष प्रमोस्कर ब्लोन, अमृत योन्जन, जेबी तामाङ, आलोककान्त मणि थुलुङ, केशवराज पोख्ररेलले धम्की दिने कार्यहरू गरेको छ। हाम्रो पार्टीको कार्यकर्ता एंव सदस्यहरूलाई शारीरिक चोट पूराउने धम्कीहरू दिएका छन्।टेलिफोनिक बातचीतहरूमा अमृत योन्जनले आफुसंग धेरै युवा रहेको र कसैलाई पनि केही भएको खण्डमा आफुहरूलाई दोष नलगाउने चेताउनी समेत दिएको समाजिक सञ्जालहरूमा भाइरल भईरहेको दर्ता गरिएको प्राथमिकीमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले उलेख गरेको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले स्पष्ट शब्दमा भने जनसभाको खुल्ला मञ्चबाट धम्की दिनु भागोप्रमोको यौ हो गणतन्त्र?? भन्दै प्रश्न तेर्साएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement