युवा शक्ति केन्द्रीय समितिको सभा सम्पन्न

IMG-20230906-WA0265.jpg

हामीले नकरात्मक सोचहरुबाट माथि उठेर आफ्नो कार्यलाई अघि बढाउनुपर्छ: अमृत योञ्जन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन ग्राम पञ्चायतको कालिझोडास्थित सार्वजनिक भवनमा भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति केन्द्रिय समितिको एक सभा केन्द्रिय युवा अध्यक्ष अमृत योञ्जनको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभालाई केन्द्रिय महासचिव प्रोफेसर सदीप प्रधानले सञ्चालन गरेका थिए। सभालाई कालेबुङबाट केन्द्रिय उपाध्यक्ष ईमान चाम्लिङ, खरसाङबाट महकुमा युवा शक्ति महासचिव विज्ञान मिश्र, गोरुबथान महकुमा समिति अध्यक्ष अनुप गुरुङ, हाइवेबाट केन्द्रीय युवा शक्ति सदस्य सुरज तामङ, युवा शक्ति उपाध्यक्ष अरुण छेत्री, केन्द्रीय सहसचिव गुर्दीप सिम्बोक (सुब्बा), केन्द्रीय युवा शक्ति प्रवक्ता अनित खाती आदिले सम्बोधन गरेका थिए। आजको सभाको विशेष औचित्य बताउँदै केन्द्रीय युवा शक्ति अध्यक्ष अमृत योञ्जनले आगामी हुन गईरहेको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको स्थापना दिवस कालेबुङ मेला ग्राउन्डमा सम्पन्न हुने र उक्त कार्यक्रममा सम्पूर्ण युवा शक्तिका समष्टि समष्टिबाट व्यापक रूपमा उपस्थिति दिने आह्वान् गरेका छन्। यसको साथै वर्तमान राजनैतिक चलखेलको संक्षिप्तमा प्रकाश पारे अनि नकरात्मक सोचहरुबाट माथि उठेर आफ्नो कार्यलाई अघि बढाउने सबैलाई सुझाव दिएका छन्। उनले आफ्नो सम्बोधनमा आगामी 16 सेप्टेम्बर 2023 युवा शक्तिको तेस्रो स्थापना कार्यक्रम भव्य रुपमा सम्पन्न गर्ने र उक्त कार्यक्रम दार्जिलिङमा हुने अनि केन्द्रीय संस्थापक पार्टी अध्यक्षसित युवा शक्तिको भेटवार्तापछि पुनः एउटा आकस्मिक सभा राखेर कार्यक्रमको रुपरेखा तय गर्ने जानकारी सभालाई गराएका छन्। आजको सभाको प्रायः जस्तो नेतृत्वहरुका प्रस्ताव अनुरुप युवा कोर कमिटी चाढै गठन गर्ने बताए। यसै सभामा सुनिल राईलाई केन्द्रीय युवा शक्तिको मिडिया प्रभारीको जिम्मेवारी सुम्पेको घोषणा पनि गरिएको छ। विगतमा चयनित अनि आजको साथै भोलिको दिनमा अन्य जिल्लामा पनि यसरी युवा शक्तिका मिडिया प्रभारी मिलेर आगामी दिनमा युवा शक्तिका विभिन्न कार्यक्रमलाई सम्प्रेषण गर्नु पर्ने सुझाव सभामा राखिएको छ।

आजको सभाको व्यवस्थापन गरेकोमा हाइवेका केन्द्रीय सदस्य सुरज तामाङलाई अध्यक्ष/सचिवले धन्यवाद दिएका छन्। आजको सभामा केन्द्रीय उपाध्यक्ष निरेन लामा, साङ्ठनिक सचिव संजय गुरुङ, कोषाध्यक्ष महम्मद साजिद लगायत अन्य केन्द्रीय नेतृत्वहरू उपस्थित थिए। आजको सभामा दार्जिलिङ टाउन युवा शक्तिका अमित तामङलाई पनि युवा शक्ति केन्द्रीय समितिसित परिचय गराएका थिए भने उनले पनि आजको सभालाई छोटो रूपमा सम्बोधन गरेका थिए भनी युवा शक्तिको केन्द्रीय महासचिव प्रा सदीप प्रधानले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement