कालचिनीः राजाभात स्पोर्टिङ क्लबद्वारा आयोजित सम्पन्न म्याचमा बुधबार जीबीएफसी गोसाइगाउँ बनाम एसटी ब्रदर्स मालबजारबीच भएको रोमाञ्चित खेलमा दुवै टीमले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो भने म्याचमा दुवै पक्ष बराबर भएपछि टाई ब्रेकमा अन्ततः जीबीएफसी गोसाइगाउँले ५-४ को अन्तरमा एसटी ब्रदर्स मालबजारलाई पराजित गर्न सफल भएको आयोजक कमिटीको पक्षबाट सचिव किरण लामाले जनाएका छन्।
म्यान अफ दी म्याच जीबीएफसी गोसाइगाउँका खेलाड़ी लालबोइलेनलाई घोषित गरिएको छ भने आगामी म्याच ७ सेप्टेम्बरको दिन रेडबुल खोवारडाङ्गा बनाम जलपाइगढ़ी पुलिसबीच सम्पन्न हुने बताईएको छ।